Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हसिनालाई दिइएको मृत्युदण्डको सजायविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

हसिनालाई दिइएको मृत्युदण्डको सजायविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

बुधवार , मंसिर १०, २०८२

एजेन्सी । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणाको घोषणा भएको छ ।

उनको पार्टी अवामी लिगले मंगलबार (नोभेम्बर २५) देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो ।

पार्टीले यो सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ ।

नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको अपराध गरेको आरोपमा फाँसीको सजाय सुनाएको थियो ।

हसिना हाल भारतमा छिन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077