काठमाडौं । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १२ः१५ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
राष्ट्रिय सभाका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा आजको बैठकमा मुख्य रूपमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।