Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

उपसभापति बनेपछि सोबिता गौतमले भनिन् - जिम्मेवारीसँगै उत्तरदायित्व अझ बढेको महसुस भएको छ

उपसभापति बनेपछि सोबिता गौतमले भनिन् - जिम्मेवारीसँगै उत्तरदायित्व अझ बढेको महसुस भएको छ

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उपसभापति सोबिता गौतम ले पार्टीको पहिलो महाधिवेशनबाट उपसभापतिको जिम्मेवारी प्राप्त गरेसँगै आफूले अझ ठूलो उत्तरदायित्व महसुस गरेको बताएकी छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले महाधिवेशनमा आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सम्पूर्ण प्रतिनिधिप्रति आभार व्यक्त गर्दै पार्टीको मूल्य, सिद्धान्त र उद्देश्यप्रति सधैं प्रतिबद्ध रहने अठोट व्यक्त गरिन्।

उनले महाधिवेशनका क्रममा भएका भेटघाट, खुला संवाद र लोकतान्त्रिक अभ्यासलाई प्रेरणादायी र ऐतिहासिक अनुभवका रूपमा वर्णन गर्दै त्यसले पार्टीलाई अझ संस्थागत रूपमा अघि बढाउन ऊर्जा दिएको उल्लेख गरिन्।

सोबिताले लेखेकी छन्, “पार्टीको उपसभापतिको जिम्मेवारी प्राप्त गर्दैगर्दा अझ ठूलो जिम्मेवारी र उत्तरदायित्व महसुस भएको छ। पार्टीका मूल्य, सिद्धान्त र उद्देश्यप्रति सधैं निष्ठावान रहँदै, पार्टीको एकता, संस्थागत सुदृढीकरण र जनताप्रतिको प्रतिबद्धताको संरक्षण र प्रवर्द्धनमा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।”

उनले अबदेखि पूर्ण रूपमा मन्त्रालयको जिम्मेवारीमा केन्द्रित हुने बताउँदै सरकार र पार्टी दुवै भूमिकामा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।

रास्वपाको पहिलो महाधिवेशनमा सोबिता गौतम केन्द्रीय सदस्यमा दोस्रो सर्वाधिक मतसहित निर्वाचित भएकी थिइन् । त्यसपछि भएको उपसभापति निर्वाचनमा उनले तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी हात पारेकी हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077