Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकारी अस्पतालमा जन्मिने हरेक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार !

सरकारी अस्पतालमा जन्मिने हरेक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार !

सोमवार , आषाढ १५, २०८३

एजेन्सी । भारतको तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने नयाँ कल्याणकारी योजना घोषणा गरेको छ।

मुख्यमन्त्री सी. जोसेफ विजय नेतृत्वको तामिलनाडु राज्य सरकारले सार्वजनिक गरेको ‘थाइमामन थङ्गा मोथिरा थिट्टम’ अन्तर्गत उक्त योजना कार्यान्वयनमा ल्याउन लागिएको हो ।

सरकारका अनुसार यो योजना आगामी सेप्टेम्बर १५ देखि औपचारिक रूपमा शुभारम्भ गरिनेछ। सरकारका अनुसार यो योजना २२ जुन २०२६ देखि जन्मिने शिशुहरूका लागि लागू हुनेछ। उक्त मिति मुख्यमन्त्री विजयको जन्मदिन समेत हो। योजनाको औपचारिक शुभारम्भ भने १५ सेप्टेम्बर २०२६ मा पूर्वमुख्यमन्त्री सी।एन। अन्नादुराईको जन्मजयन्तीको अवसरमा गरिने जनाइएको छ।

त्यसयता सरकारी अस्पतालमा जन्मिएका सबै योग्य नवजात शिशुले योजनाअनुसार सुनको औँठी प्राप्त गर्नेछन्।

यस कार्यक्रमका लागि तमिलनाडु सरकारले वार्षिक ७५५.८३ करोड भारु बजेट विनियोजन गरेको छ। यो सुविधा तमिलनाडुका स्थायी बासिन्दा आमाबुबाबाट सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुले मात्र पाउनेछन्। लाभ लिन आमाबाबुले रासन कार्ड, आधार कार्ड, मतदाता परिचयपत्र वा अन्य स्थायी बसोबास खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ

सरकारले यस योजनाको मुख्य उद्देश्य मातृ तथा शिशु स्वास्थ्य सुधार गर्नु, सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढाउनु तथा सुरक्षित संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्नु रहेको जनाएको छ।

राज्य सरकारले यो योजना तामिल समाजमा प्रचलित ‘थाइमामन सिर’ परम्पराबाट प्रेरित भएको जनाएको छ। उक्त परम्पराअनुसार नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने चलन रहेको छ। सरकारले त्यसैलाई संस्थागत गर्दै प्रत्येक शिशुको ‘मामा’को भूमिका निर्वाह गर्ने अवधारणासहित योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ।

सरकारी अस्पतालमार्फत मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सांस्कृतिक परम्परालाई सरकारी कार्यक्रममार्फत जोड्ने उद्देश्यले यो योजना ल्याइएको तामिलनाडु सरकारले जनाएको छ।

तामिलनाडुमा वार्षिक करिब ७ लाख ८० हजार प्रसूति हुने र तीमध्ये झन्डै ९९।९ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामार्फत हुने सरकारी तथ्यांक छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077