Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

मन्दिर निर्माणमा भ्रष्टाचार: गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

मन्दिर निर्माणमा भ्रष्टाचार: गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल र छविसपाथिभेरा गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी रतालासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बाँठपाली देवताको मन्दिर आयोजनामा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कार्यान्वयन भएको उक्त आयोजनामा वास्तविक निर्माण कार्यभन्दा बढी रकम भुक्तानी गरी २२ लाख १ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको छ।

अनुसन्धानबाट मण्डेलले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा तथा रतालाले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्षका रूपमा आयोजनासम्बन्धी प्रक्रियामा संलग्न रही अनियमितता भएको आरोप खेपेका छन्।

आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बराबरको रकम विनियोजन भएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।

स्वीकृत लागत अनुमान ५६ लाख सात हजार ८९७ रुपैयाँ मध्ये उपभोक्ता सहभागिता ११ लाख सात हजार ८९७ रुपैयाँ र कन्टिन्जेन्सीतर्फ दुई लाख २५ रुपैयाँ बराबरको बजेट थियो।

निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा २२ लाख एक हजार ६६५ रुपैयाँ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ। 

यस प्रकरणमा दुर्गाथली गाउँपालिकाका तत्कालीन लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल, सब–इन्जिनियर बमबहादुर बोहरा, वडा नं. ६ का तत्कालीन अध्यक्ष मोहनलाल विक तथा मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढालाई पनि प्रतिवादी बनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077