Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

खुकुरी बोकेर सिंहदरबार छिर्छु भन्ने ‘सुकुम्बासी’ पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन

खुकुरी बोकेर सिंहदरबार छिर्छु भन्ने ‘सुकुम्बासी’ पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । ८ लाख रुपैयाँ नगद र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।

प्रहरीका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ ।

त्यसैगरी तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधा सहित अन्यत्र जान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको विषयलाई अतिरञ्जित रूपमा प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077