काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्वासी राखिएको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेका ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा तामाङलाई आइतबार पक्राउ गरिएको हो ।
केहीदिन अघि तामाङले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने र हत्या गर्ने भन्दै अस्वभाविक अभिव्यक्ति दिएका थिए ।
तामाङलाई थुनामा राखेर अनुसन्धान गर्न आज अदालतबाट म्याद थपका लागि उपस्थित गराउने प्रहरीको तयारी छ ।