Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोजर चलाएर बिचल्ली बनाएको भन्दै चम्चा र थाल ठटाएर सुकुम्बासीको विरोध प्रदर्शन

डोजर चलाएर बिचल्ली बनाएको भन्दै चम्चा र थाल ठटाएर सुकुम्बासीको विरोध प्रदर्शन

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन्। 

उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊ लगायत लेखेको प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ।

cc.jpg

यता क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा पनि सुकुमवासीले प्रदर्शन गरेका छन्। 

सुकुमवासीहरुले आज बिहान जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गरेका थिए ।

यसअघि विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीले बिहीबार बुटवलमा सरकारको विरोधमाप्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

1.jpg

सरकारले केहीदिन अघि काठमाडौंबाट सुरू गरेको बस्ती खाली गर्ने अभियान देशभर चलाउने तयारी गरेपछि भूमिहीनहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।  हाल काठमाडौंका १६ बस्तीबाट पछिल्लो नौ दिनमा १५ हजार बढी विस्थापित भइसकेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077