Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

त्रिविबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका भौतिक संरचना हटाइने

त्रिविबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका भौतिक संरचना हटाइने

सोमवार , आषाढ १५, २०८३

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका सबै भौतिक संरचना ६० दिनभित्र हटाउन निर्देशन दिएको छ।

सरकारको निर्णय कार्यान्वयन गर्दै विश्वविद्यालयले आइतबार सबै विभागीय प्रमुखहरूलाई परिपत्र जारी गर्दै उक्त संरचना हटाउन निर्देशन दिएको हो।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको पत्रमा विश्वविद्यालय परिसरमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा शैक्षिक वातावरण र गुणस्तरमा प्रतिकूल असर परेको उल्लेख गरिएको छ।

त्यसैले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त, व्यवस्थित र अध्ययन–अनुकूल बनाउन यो निर्णय गरिएको जनाइएको छ।

निर्देशनालयका उप–प्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ९ गतेको पत्र तथा विश्वविद्यालय अनुदान आयोगको असार १० गतेको निर्णयअनुसार सबै दलीय विद्यार्थी संगठनका भौतिक संरचना ६० दिनभित्र हटाउन भनिएको छ।

यस्तै, विद्यार्थीहरूको हकहित र शैक्षिक सरोकारलाई संस्थागत रूपमा सम्बोधन गर्न ९० दिनभित्र नयाँ विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गरिने पनि परिपत्रमा उल्लेख छ।

यसअन्तर्गत ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता गैरदलीय संयन्त्र स्थापना गरी विद्यार्थीका वास्तविक आवाजलाई विश्वविद्यालयको निर्णय प्रक्रियासँग जोड्ने योजना अघि सारिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077