Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अध्यादेश ल्याएर बालेन सरकारले हटाउने भएपछि राजीनामा दिंदै त्रिविका पदाधिकारी

अध्यादेश ल्याएर बालेन सरकारले हटाउने भएपछि राजीनामा दिंदै त्रिविका पदाधिकारी

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई राजीनामा पत्र बुझाउने भएका छन् । 

उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले राजीनामा दिने भएका हुन्। 

बालेन नेतृत्वको सरकारले अध्यादेश ल्याएर राजनीतिक नियुक्ति लिएका सबैलाई एकै पटक हटाउने तयारी गररेपछि उनीहरुले राजीनामा दिने तयारी गरेका हुन् ।

यद्यपी, नयाँ सरकारलाई काम गर्न सहज बनाउन भन्दै उनीहरूले पदबाट अलग हुने तयारी गरेको बताएका छन् । 

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामाको निर्णय लिएका हुन्।

उपकुलपति प्रा. अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८२ असार २५ गते त्रिविको उपकुलपति नियुक्त गरिएको थियो। यसअघि उपकुलपति रहेका प्रा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याल नियुक्त भएका थिए।

त्यसैगरी रेक्टर प्रा. केसी र रजिस्ट्रार प्रा. रिजाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा २०८० चैत ३० गते नियुक्त गरिएको थियो। 

उनीहरू दुवैलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा पदस्थापन गरिएको थियो। त्रिविमा उपकुलपति, रेक्टर र रजिस्ट्रार प्रधानमन्त्री (कुलपति) को सिफारिसमा नियुक्त हुने व्यवस्था छ र उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077