Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीए दोस्रो वर्षको उत्तरपुस्तिका जलेपछि फेरि परीक्षा गर्ने त्रिविको निर्णय

बीए दोस्रो वर्षको उत्तरपुस्तिका जलेपछि फेरि परीक्षा गर्ने त्रिविको निर्णय

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएपछि त्रिभुवन विश्वविद्यालयले पुनः परीक्षा गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ ।

वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

२२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेक बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो ।

सम्बन्धित परीक्षा केन्द्र तथा सो केन्द्रमा परेका क्याम्पसहरुले आ–आफ्ना विद्यार्थीहरुलाई उक्त दिनहरुका परीक्षा पुनः दिनु पर्ने बल्खुले जनाएको छ ।

पुनः परीक्षा हुनेभएपछि विद्यार्थीहरु भने समस्यामा परेका छन् । परीक्षा सकेर बसेका उनीहरु फेरि पनि परीक्षा दिनुपर्ने भएपछि समस्या भएको बताइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077