Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिवि उपकुलपतिसहित सबै पदाधिकारीले दिए सामूहिक राजीनामा

त्रिवि उपकुलपतिसहित सबै पदाधिकारीले दिए सामूहिक राजीनामा

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका हुन् ।

आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए ।

हालै सिफारिस भएको अध्यादेशमा पनि पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबार कुलपति बालेन्द्र शाह ‘बालेनलाई राजीनामा पठाएका हुन् ।

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामाको निर्णय लिएका हुन्।

उपकुलपति प्रा. अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८२ असार २५ गते त्रिविको उपकुलपति नियुक्त गरिएको थियो। यसअघि उपकुलपति रहेका प्रा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याल नियुक्त भएका थिए।

त्यसैगरी रेक्टर प्रा. केसी र रजिस्ट्रार प्रा. रिजाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा २०८० चैत ३० गते नियुक्त गरिएको थियो। 

उनीहरू दुवैलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा पदस्थापन गरिएको थियो। त्रिविमा उपकुलपति, रेक्टर र रजिस्ट्रार प्रधानमन्त्री (कुलपति) को सिफारिसमा नियुक्त हुने व्यवस्था छ र उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077