Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस एकताका लागि जुनसुकै त्याग गर्न तयार छु : शशांक कोइराला

कांग्रेस एकताका लागि जुनसुकै त्याग गर्न तयार छु : शशांक कोइराला

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

कांग्रेसको एकताका लागि आफू जुनसुकै जिम्मेवारी लिन र आवश्यक परे त्याग गर्न पनि तयार रहेको उनले स्पष्ट पारे।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा सोमबार महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित दही–चिउरा खाने तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्र विभाजनको सन्देश गएको भन्दै त्यसलाई अन्त्य गरेर पार्टीलाई पुनः एकढिक्का बनाउनु समयको माग भएको बताए।

“म सधैं सिंगो कांग्रेसको पक्षमा छु। कांग्रेसको एकताका लागि जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु,” उनले भने।

कोइरालाले बलियो र एकताबद्ध कांग्रेस मात्रै लोकतन्त्र, संविधान र मुलुकको हितका लागि प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा पार्टी र राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

राष्ट्रिय धान दिवसको सन्दर्भमा उनले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। किसानको हित सुनिश्चित गर्न सके मात्रै समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077