काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ।
सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको समितिमा नयाँ सदस्य र सदस्य सचिव मनोनयन गरेका हुन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई केन्द्रीय निर्वाचन समितिको सदस्य तथा अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनयन गरेका छन्।
नयाँ मनोनयनसँगै पार्टीको निर्वाचन समितिले पूर्णता पाएको छ।