काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ ।
पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार बैठक आज अपराह्न ४ः३० बजे जुम माध्यमबाट बस्न लागेको हो ।
बैठकमा शहीदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि पार्टीको नियमावली तथा आचारसंहितामाथि छलफल, पार्टी सदस्यता नवीकरण तथा विस्तारका विषयमा समीक्षा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी बैठकको अन्त्यमा पार्टीका संयोजक र सहसंयोजकबाट समसामयिक राजनीतिक विषय तथा सङ्गठनात्मक कार्यदिशाबारे निर्देशन दिइने लगायतका एजेण्डामा छलफल हुनेछ।
२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो पटक बैठक बस्न लागेको हो।