Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने, कार्यतालिका सार्वजनिक

नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने, कार्यतालिका सार्वजनिक

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजक समितिको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

पार्टीले एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याउनेदेखि आगामी महाधिवेशनको मिति तय गर्ने सम्मका ७ बुँदे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको छ ।

आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जन वर्गीयरमोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

साथै प्रवक्ता प्रकाश ज्वालाका अनुसार वडादेखि केन्द्रसम्मका सबै पार्टी कमिटीहरू अब निर्वाचन प्रक्रियामार्फत गठन गर्ने व्यवस्था लागू गरिने छ।

युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याइने पार्टीले जनाएको छ ।

7.png

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077