Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् नेकपाका प्रस्तावित प्रदेश इञ्चार्ज र संयोजक [सूचीसहित]

यी हुन् नेकपाका प्रस्तावित प्रदेश इञ्चार्ज र संयोजक [सूचीसहित]

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू लगभग टुंग्याएको छ। 

सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशका लागि इञ्चार्ज तथा संयोजकहरूको नामावली करिब टुंग्याएको हो । यद्यपि, केही पदहरूमा अन्तिम सहमति भने अझै बाँकी रहेको नेताहरूले बताएका छन् ।

इञ्चार्ज, संयोजक, सहसंयोजक तथा केही विभागीय जिम्मेवारीबारे प्रस्ताव पेश भए पनि थप छलफलपछि मात्रै अन्तिम निर्णय हुनेछ।

कोशी प्रदेशमा राजेन्द्र राई, मधेसमा महिन्द्र राय यादव, बागमतीमा गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भीम रावललाई प्रस्ताव गरिएको छ ।
यस्तै, उपत्यका विशेष प्रदेशका लागि हितमान शाक्य र सम्पर्क समन्वय प्रदेशका लागि यशोदा सुवेदी लाई इञ्चार्जमा प्रस्ताव गरिएको छ।

संयोजकतर्फ कोशीमा हर्क नेम्वाङ, मधेसमा राजु खड्का, बागमतीमा सरल सहयात्री, गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दुल हुसेन खान, कर्णालीमा बिमला केसी र सुदूरपश्चिममा हरिराम चौधरी लाई प्रस्ताव गरिएको छ। त्यस्तै, उपत्यका विशेष प्रदेशमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेशमा तारानाथ दाहाल संयोजकका रूपमा प्रस्तावित छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077