Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

चर्को विरोधपछि सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव हटाउँदै उद्योग मन्त्रालय

चर्को विरोधपछि सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव हटाउँदै उद्योग मन्त्रालय

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । चौतर्फी रुपमा विरोध भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ । 

छलफलका लागि सार्वजनिक गरिएको कम्पनी ऐनको मस्यौदामा उल्लेख उक्त व्यवस्थाको चर्को विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो ।

मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव गरिएको छ । 

सो व्यवस्थाबारे उद्योग मन्त्रालयमा आवश्यक छलफल गरेर परिमार्जनको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । 

विद्यमान कम्पनी ऐनअनुसार कम्पनी दर्ता गर्दा, पूँजी वृद्धि गर्दा, नाम परिवर्तन गर्दा र खारेजी गर्दा मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा शुल्क बुझाउनुपर्छ ।

तर, सेयर खरिदबिक्रीमा हस्तान्तरण शुल्क भने लिने व्यवस्था छैन । त्यसमा एउटा अपवादका रुपमा एकल सेयरधनी भएको कुनै कम्पनीको सञ्चालकको मृत्यु भयो भने हकवालालाई सेयर हस्तान्तरण गर्दा कम्पनी दर्तामा लाग्ने शुल्कको ५० प्रतिशत मात्रै लाग्ने व्यवस्था हालको कम्पनी कानूनमा छ ।

अहिले सरकारले धितोपत्र बजारमार्फत हुने कारोबारमा पनि १ प्रतिशतका दरले थप शुल्क लिने प्रस्ताव गरेको हो । प्रस्तावित ऐनको सोही दफाको उपदफा २ मा धितोपत्र विनिमय बजारको प्रणाली मार्फत सेयर खरिद बिक्री भएकोमा त्यस्तो सेयर कारोबार गर्ने धितोपत्र व्यवसायीले सो शुल्क संकलन गरी संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077