Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथ

'लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन'

सोमवार , आषाढ १५, २०८३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । 

शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न पनि निर्देशन दिएका छन् । 

कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिए ।

अर्थमन्त्री वाग्लेले भने- 'कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका  लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस् । म साथमा छु । सरकारले सबै खाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।'

यसैगरी कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077