Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ ।

साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पु¥याएर आवेदन दिएका जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका हुन् । यसअघि कम्पनी तीन पटक गरेर १७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।

योसँगै थप नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुको संख्या २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077