Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

साताको पहिलो कारोबारका दिन पनि नेप्से दोहोरो अंकले घट्यो

साताको पहिलो कारोबारका दिन पनि नेप्से दोहोरो अंकले घट्यो

सोमवार , आषाढ १५, २०८३

काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको सुरुआत पनि घटेरै बन्द भएको छ। 

साताको पहिलो कारोबार दिन आज नेप्से दोहोरो अंकले ओरालो लागेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्ततस् १६.५४ अंकले घटेको हो।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.६२ प्रतिशतले घट्दै नेप्से २६३२.९६ विन्दुमा रोकिएको छ।

नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ

नेप्सेमा आज ३५१ कम्पनीको ४४ हजार ९४२ पटकको कारोबारमा ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज २९ कम्पनीका मात्र सेयरमूल्य बढे। २४० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक ओरालो लागे।

राताम्मे बनेको नेप्सेमा सोमबार वाणिज्य बैंक ०.०९‚ विकास बैंक ०.७९‚ फाइनान्स १.१३‚ होटेल तथा पर्यटन १.१४‚ जलविद्युत् ०.७२‚ लगानी ०.८१‚ जीवन बिमा ०.६९‚ उत्पादन तथा प्रशोधन १.१४ र लघुवित्त समूहको सूचक ०।५९ प्रतिशतले ओरालो लागे। यस्तै म्युचुअल फन्ड ०.२४‚ निर्जीवन बिमा १.३९‚ अन्य ०.५१ र व्यापार समूहको उपसूचक ०.३२ प्रतिशले घटेको छ।

नेप्सेमा सोमबार टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने ५.८३ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको आठ करोड ८३ लाख ६२ हजार ५७८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन ८०-२० म्युचुअल फन्ड अगाडि रह्यो। सोमबार यसको १० लाख ३६ हजार ९८१ युनिट कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतियुनिट ११.३५ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077