Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकारलाई सांसद घिमिरेको प्रश्न– शिक्षामन्त्रीलाई कस्तो कारबाही हुँदैछ ?

सरकारलाई सांसद घिमिरेको प्रश्न– शिक्षामन्त्रीलाई कस्तो कारबाही हुँदैछ ?

'शिक्षामन्त्रीको  त्रुटिपूर्ण निर्णयका कारण विद्यार्थीहरूको भविष्य बिग्रिएको छ'

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारबाटै खेलबाड भएको आरोप लगाएका छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै शिक्षामन्त्रीबाट विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका हुन् ।

सांसद घिमिरेले हालै सम्पन्न कक्षा १२ को परीक्षामा देखिएका त्रुटिप्रति आपत्ति जनाउँदै भने- '१२ कक्षाका विद्यार्थीको भविष्य बिगार्ने गरी शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले  त्रुटिपूर्ण निर्णय गर्नुभयो, जसको कारणले विद्यार्थीहरूको भविष्य बिग्रिएको छ ।' 

सांसद घिमिरेले सभाध्यक्षमार्फत सरकारलाई प्रश्न गर्दै भने- 'शिक्षामन्त्रीलाई के कस्तो कारबाही हुँदैछ ?'

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसपटक कक्षा १२ को नतिजा ४५ दिनमै सार्वजनिक गरेको थियो। तर, हतारमा नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थीको अंकमा समस्या देखिएको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

केहीदिन अघि परीक्षाफलमा देखिएका त्रुटिप्रति विभिन्न ११ विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै परीक्षाफल प्रकाशनमा देखिएका कमजोरी तत्काल सच्याउन माग गरेका थिए ।छिटो नतिजा सार्वजनिक गर्ने नाममा विद्यार्थीको मेहनत र भविष्यमा खेलवाड गरिएको भन्दै उनीहरूले सम्बन्धित निकायलाई सचेत पनि गराएका थिए ।

यसै विषयलाई लिएर असन्तुष्ट विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077