Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

१४ लाख बढी किसानको ऋण मिनाहा गर्ने तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा

१४ लाख बढी किसानको ऋण मिनाहा गर्ने तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा

मंगलवार , जेठ १२, २०८३

एजेन्सी । भारतको तमिलनाडु राज्य सरकारले सीमान्त किसानहरूले सहकारी बैंकबाट लिएको ५० हजारसम्मको बाली ऋण माफ गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री विजय थलापतिले सोमबार सहकारी बैंकमार्फत बाली ऋण लिएका सीमान्त किसानहरूको ५० हजारसम्मको ऋण माफी गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

साथै, ठूला किसानहरूका लागि पनि पाँच हजार रुपैयाँसम्मको राहत दिने घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा भएको उच्चस्तरीय समीक्षा बैठकपछि यो निर्णय गरिएको हो। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सनसहित वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री कार्यालयले आफ्नो आधिकारिक एक्स खातामार्फत निर्णय सार्वजनिक गर्दै यो योजनाबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुने जनाएको छ । सरकारका अनुसार यसका लागि करिब २ हजार ४४.४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077