Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तमिलनाडुको मुख्यमन्त्रीमा आज सपथ लिँदै विजय थलापति, १३ मेभित्र विश्वासको मत लिनुपर्ने

तमिलनाडुको मुख्यमन्त्रीमा आज सपथ लिँदै विजय थलापति, १३ मेभित्र विश्वासको मत लिनुपर्ने

आइतवार , बैशाख २७, २०८३

एजेन्सी । तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीके प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

विजयको शपथग्रहण समारोह आज बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ । उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने छ । 

सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी अर्थात् १२० जना विधायकको समर्थन प्राप्त भएपछि टीभीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए ।

राज्यपालसँगको भेटमा विजयले भीसीके र आईयूएमएल पार्टीको समर्थनपत्र बुझाएका थिए । उनले बहुमतको आधारमा सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् ।

यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके तथा इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) ले पनि टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077