Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपाका पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरुको शपथ भोलि

रास्वपाका पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरुको शपथ भोलि

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार भोलि शपथ लिने भएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरुले भोली दिउँसो पार्टी केन्द्रीय कार्यालय शपथ लिन लागेका हुन् ।

महामन्त्री विपिन आचार्यका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ।

शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ । केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ । 

 रास्वपाको विधानअनुसार सभापति लामिछानेले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

केन्द्रीय सदस्य मनोनीत गरेपछि पदाधिकारी मनोनीत हुनेछन् । जसअनुसार सभापतिले उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन जना सहप्रवक्ता मनोनीत गर्ने विधानको व्यवस्था छ ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ तथा खुला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए ।

यसैगरी उपसभापतिमा सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077