Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आफ्नै विद्यालयको बसले किच्दा बालिकाको मृत्यु, सहचालक पनि रहेनन्

आफ्नै विद्यालयको बसले किच्दा बालिकाको मृत्यु, सहचालक पनि रहेनन्

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । सिरहामा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ । विद्यार्थीलाई घरमा छोडेर विद्यालय फर्किने क्रममा भएको दुर्घटनामा दुवैको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा पायोनियर एजुकेशन एकेडेमीको को १ ख ३५९९ नम्बरको बसले किच्दा लहान नगरपालिका–२२ निवासी २५ वर्षीय सहचालक ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको मृत्यु भएको हो ।

मृतक समिक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भएकी हुन्। उनी हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार आज अपराह्न करिब ४स्१५ बजे विद्यार्थीलाई घरमा झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्कामुनि परेर बालिका र सहचालक दुवै गम्भीर रूपमा किचिएका थिए। घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ। बसका चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077