Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रमजानको अवसरमा साउदी सरकारले दियो ३३ नेपाली कैदीलाई आममाफी

रमजानको अवसरमा साउदी सरकारले दियो ३३ नेपाली कैदीलाई आममाफी

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । साउदी अरब सरकारले विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार रियादस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधपछि साउदी सरकारले रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको हो ।

मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयप्रति साउदी अरब सरकारलाई नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।

मन्त्रालयका अनुसार नेपाल सरकारले यस कदमलाई नेपाल-साउदी अरबबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्ध, आपसी सद्भाव र द्विपक्षीय सहकार्यको सकारात्मक उदाहरणका रूपमा लिएको छ। साथै, साउदी सरकारको मानवीय निर्णयको उच्च मूल्यांकन पनि गरिएको छ।

आममाफी प्राप्त गरेका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर चाडै नेपाल फर्कने मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077