Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपा केन्द्रीय सदस्यबाट नाम हटेपछि शर्माले दिए आयोगमा उजुरी, कृष्णमान पुगे रविको घर

रास्वपा केन्द्रीय सदस्यबाट नाम हटेपछि शर्माले दिए आयोगमा उजुरी, कृष्णमान पुगे रविको घर

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् । 

प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट आफ्नो नाम हटेपछि शर्माले मंगलबार आयोगमा उजुरी दिएका हुन् ।

उनले गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण जवाफ दिएर सूची फेरि सच्याउन माग गरेका छन् ।

चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौं स्थानभन्दा माथिको मत परिणामलाई नै उल्ट्याउने गरी गरिएको परिमार्जित निर्णयले विधानको मर्म, विधायकी मनसाय तथा विधानको दफा २२ (४) को व्यवस्था र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल नखाने शर्माले उजुरीमा उल्लेख गरेका छन् ।

'यदि मेरो मागलाई बेवास्ता गरिएमा आफ्नो संवैधानिक, राजनीतिक तथा कानुनी अधिकारको संरक्षणका लागि उपलब्ध सम्पूर्ण कानुनी उपचार र न्यायिक प्रक्रियाको अवलम्बन गर्न म बाध्य हुनेछु,' शर्माले निवेदनमा लेखेका छन्।

यसअघि महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको थियो ।

सूची सच्याउने क्रममा आयोगबाट शर्माको नाम केन्द्रीय सदस्यबाट हटाइएको छ । उनको स्थानमा पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।

सूची सच्याउने क्रममा शर्मासँगै कृष्णमान श्रेष्ठलाई पनि हटाइएको छ । उनको स्थानमा ध्रुवकुमार थापामगर केन्द्रीय सदस्य बनाइएको छ ।

 निर्वाचित भएपछि निकै हर्षित भएका कृष्णमान पनि अचानक केन्द्रीय सदस्यबाट हटाइएको खबर मिडियामा देखेपछि स्तब्ध बनेका छन् ।

चार वर्षदेखि निरन्तर रास्वपामा योगदान दिँदै आए पनि आफूलाई पटक(पटक अन्यायमा पारिएको उनको गुनासो छ। 

श्रेष्ठ पनि न्याय माग्न निवेदन लिएर सभापति रवि लामिछानेको घरमै पुगेका थिए । सभापति नभेटिएपछि घरमा निवेदन छोडेर हिँडेको स्रोतले बतायो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077