Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, सोम शर्माको ठाउँमा पुजा बास्तोला निर्वाचित

रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, सोम शर्माको ठाउँमा पुजा बास्तोला निर्वाचित

कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव थापामगर

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको छ ।

महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको उजुरी आएपछि पार्टीको निर्वाचन आयोगले मंगलबार सूची सच्याएको हो ।

९९ केन्द्रीय सदस्यका ३७९ उम्मेदवार थिए । रास्वपा विधानअनुसार ३२ खुला, ३२ समावेशी र ३५ भुगोलबाट निर्वाचित हुनुपर्छ । समावेशी सन्तुलन मिलाउँदा छुटेका उम्मेदवारलाई समावेशी गरी सूची सच्याइएको हो ।

सूची सच्याउँदा बागलुङ २ बाट निर्वाचित सांसद सोम शर्मा र कृष्णमान श्रेष्ठको नाम केन्द्रीय सदस्यबाट हटाएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।

उनीहरूको स्थानमा पूजा बास्तोला र ध्रुवकुमार थापामगरलाई केन्द्रीय सदस्य बनाइएको छ ।

शर्मा र बास्तोला गण्डकी प्रदेश भुगोलबाट थिए । सुरुमा गण्डकी भुगोलको ५ निर्वाचित सदस्यमा चौथो नम्बरमा शर्मा र पाँचौ नम्बरमा विष्णुकुमारी गुरुङ (एकता) थिए । शर्माको ९७४ र गुरुङको ७८७ मत थियो । 

अहिले सूची सच्याएर सांसद शर्मालाई हटाइएको छ भने उनको ठाउँमा ८९३ मत पाएकी पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । महिला सहभागिता बढाउन गुरुङलाई यथावत् राखी सांसद शर्मालाई हटाएर उनको ठाउँमा बस्तोलालाई निर्वाचित गरिएको आयोगले जनाएको छ ।

यसैगरी श्रेष्ठ र थापामगरले खुलातर्फको समावेशी समूहमा प्रतिस्पर्धा गरेका थिए ।

सुरुमा ध्रुव थापामात्रै लेखिँदा जनजाति प्रतिनिधित्व गराउन उनलाई निर्वाचित गरिएको थिएन । तर डकुमेन्टमा थापामगर भेटिएपछि उनी जनजाति कोटाबाट बढी मत ल्याएका कारण निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077