Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सिन्धु कांग्रेसमा शक्ति संघर्ष, अन्तर्घात गरेको भन्दै मोहन बस्नेत समूहमाथि कारबाहीको माग

सिन्धु कांग्रेसमा शक्ति संघर्ष, अन्तर्घात गरेको भन्दै मोहन बस्नेत समूहमाथि कारबाहीको माग

मंगलवार , आषाढ १६, २०८३

चौतारा । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको विषयलाई लिएर नेपाली कांग्रेस, सिन्धुपाल्चोक भित्र शक्ति संघर्ष चर्किएको छ । 

दुई उम्मेदवारहरु जंगबहादुर लामा र बंशलाल तामाङले निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा दिएको उजुरीलाई लिएर शक्तिसंघर्ष चर्किएको हो । 

क्षेत्र नं. १ बाट उम्मेदवार बनेका जंगबहादुर लामालाई खुलेरै असहयोग गरेका कांग्रेका तत्कालीन केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतमाथि जिल्लातहबाटै कारबाहीको माग तीव्ररुपमा उठ्दैआएको छ । 

उनीहरुले आफ्नै उम्मेदवार लामालाई असहयोग गरेको कुरा क्रियाशील सदस्यता अद्यावधिक नगरेबाटै पुष्टि हुने भन्दै सिन्धुपाल्चोकका कांग्रेसीहरुले बस्नेतहरुमाथि कारबाहीको माग गरेका छन् । 

असार १६ गते जिल्ला सदरमुकाम चौतारामा आयोजित जिल्लाका अगुवा कार्यकर्ता  भेलामा समेत सदस्यता अद्यावधिक नगर्ने समूहको उपस्थिति देखिएन । 

उता, क्षेत्र नं.२ का उम्मेदवार बंशलाल तामाङले क्षेत्रीय सभापति आइतमान तामाङलगायतलाई कारबाही सिफारिस गरेको भएपनि केन्द्रले गरेको अध्ययनले उम्मेदवार बंशलालकै कमजोरीकै कारण पार्टी पराजीत भएको देखाएको छ । उम्मेदवार तामाङले आफूले भक्तपुरको बोडेमा रहेको घर नै बिक्री गरेर चुनावमा खर्च गरेको बताए पनि उनले सोही समयमा अमेरिकामा दोस्रो घर खरिद गरेको खुलेको छ । उनका सम्पूर्ण परिवार अमेरिकामा बस्दैआएका छन् स्रोतका अनुसार अमेरिकामै बसेर ट्याक्सी चलाउँदैआएका उनी संसदीय चुनाव लड्नुपूर्व मात्रै नेपाल आएका थिए । 

संसदीय निर्वाचन लड्दाका बखत वडा तहमा गरेको खर्चसमेत अहिले कार्यकर्तासँग पाईपाई माग्न थालेपछि सिन्धु कांग्रेसमा असन्तुष्टि चुलिएको हो । संगठन निर्माण र लोकतान्त्रिक ब्यवस्थामाथि खतरा रहेका बेलामा अमेरिकामा बसेर सुखसयल हासिल गर्ने बंशलाललाई सहज अवस्थामा नेपालमा नेपाली कांग्रेसले टिकट दिएर चुनावमा उम्मेदवार बनाउँदा कार्यकर्ता तहमा असन्तुष्टि चुलिएको थियो । 

उम्मेदवार तामाङले पार्टीको जिल्ला सभापतिमा हार ब्यहोरेलगत्तै केन्द्रीय समितिमा उम्मेदवारी दिएका थिए । पदबेगर रहनै नसक्ने उनको चरित्र बुझेकै कारण जिल्ला सभापति र १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजीत भए । 

त्यसका अतिरिक्त विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा समेत उनको आत्मकेन्द्रित राजनीतिकै कारण उनलाई केन्द्रीय समितिबाट बाहिर नै राखियो ।

जातीय राजनीतिबाट माथि उठ्न नसकेकै कारण २०८२ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित हुन नसकेका बंशलालले आगामी आमनिर्वाचनमा समेत आफैं चुनाव लड्नका निम्ति संभावित प्रतिस्पर्धी क्षेत्रीय सभापति आइतमान तामाङमाथि कारबाहीको सिफारिस गरेको स्रोत बताउँछ । 

आफ्नै कारण जिल्लाभर क्रियाशील सदस्यता अद्यावधिक ब्यापक रुपमा भएको दावी गर्दै आएका बंशलालको आफ्नै वडामा भने जम्मा २९ प्रतिशतले मात्र सदस्यता अद्यावधिक गरेका छन् । 

यसैबाट पनि उनी कति अलोकप्रिय छन् भन्ने देखाउँछ । उनको अराजनीतिक चरित्र पार्टी केन्द्रले बुझेकै कारण उनको कारबाहीको सिफारिसलाई पेन्डिङमा राखेर उनीबिरुद्धको कारबाही सिफारिस अनुशासन समितिले अध्ययन गरिरहेको समितिका एक सदस्यले अनलाइन नेपालसँग बताए । 

पार्टी सभापति गगन थापामाथि मोहनबहादुर बस्नेतले बिगतदेखि नै लगाउँदैआएको तथ्यहीन आरोपकै कारण एकातिर सिन्धु कांग्रेस कमजोर त छँदैछ, अर्कातिर बंशलाल प्रबृत्तिका ब्यक्तिमाथि पार्टीले भरोसा गर्दा कांग्रेस कार्यकर्तामा थप निराशा उत्पन्न हुँदै गएको छ । 

एकातिर वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतत्र पार्टी (रास्वपा) को कमजोर उम्मेदवारका कारण 

कांग्रेसको बलियो आधार क्षेत्र मानिएको सिन्धुपाल्चोक क्षेत्र नं. २ मा आफ्नै पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तामाथि अविश्वास गरेकै कारण पराजय भोग्नु परेको कांग्रेस नेताहरु नै बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077