Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

हामी समूहगत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौँ: ओली

हामी समूहगत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौँ: ओली

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्। 

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

अध्यक्ष ओलीले त्यस्तो भ्रममा नपर्न पनि नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।

ओलीले भने- 'हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौँ।' 

तर, अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको उनको भनाई छ ।

उनले थप भने- 'सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता छ।'

साथै गत फागुन २१ गतेको निर्वाचन र जेनजी आन्दोलनलाई वैधानिकता दिन सरकारले नाटक मञ्चन गरेको समेत आरोप लगाएका छन् ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077