Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आज पनि छुटेनन् विष्णु पौडेल, सर्वोच्चद्वारा दीपक भट्टको मुद्दाको मिसिल झिकाउन आदेश

आज पनि छुटेनन् विष्णु पौडेल, सर्वोच्चद्वारा दीपक भट्टको मुद्दाको मिसिल झिकाउन आदेश

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् ।

सर्वोच्च अदालतले पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा मिसिल झिकाउन आदेश दिएसँगै उनी नछुट्ने भएका हुन् । 

टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा रहेका विचौलिया दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो ।

सर्वोच्चले सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन भनेको छ। 

पौडेललाई गैरकानूनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन्। 

यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो। रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न भनेको थियो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ। 

पौडेल अहिले थुनामा छन्। सोमबार विशेष अदालत काठमाडौंले पौडेललाई असार १७ गतेसम्म थुनामा राख्न अनुमति दिएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077