Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।

रिटमाथिको सुनुवाइ न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा हुने तय भएको छ। यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश दिँदै असार १६ का लागि पेसी तोकेको थियो।

यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान जारी राख्न विशेष अदालतबाट पटक–पटक हिरासत म्याद थप गराउँदै आएको छ।

सोमबार मात्रै विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई दोस्रो पटक थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। यसअघि असार ९ गते पहिलो पटक सात दिन हिरासतमा राख्न आदेश भएको थियो।

पौडेल पक्राउ परेपछि उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गरेकी थिइन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टसँगको सम्बन्ध देखाउँदै असार ८ गते पौडेललाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई रातारात सार्वजनिक भ्यानमार्फत काठमाडौं ल्याइएको थियो।

अनुसन्धानका क्रममा भट्टको एकल नियन्त्रणमा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर खरिद गरेको विषयलाई मुख्य आधार बनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077