Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सीमामा अब सादा पोशाकमा सशस्त्र प्रहरी, सफारी र नेपाली टोपीमा खटिने

सीमामा अब सादा पोशाकमा सशस्त्र प्रहरी, सफारी र नेपाली टोपीमा खटिने

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । सीमा सुरक्षा र सूचना संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सादा पोशाकमा जनशक्ति परिचालन गर्ने भएको छ ।

सर्वसाधारणसँग सहज पहुँच स्थापित गर्दै तस्करी, भन्सार छली तथा प्रतिबन्धित गतिविधिबारे गोप्य सूचना संकलन गर्न यस्तो रणनीति अघि सारिएको हो।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्रमुख सीमा नाकाहरूमा प्रत्येक नाकामा तीनदेखि पाँच जनासम्म सादा पोशाकधारी सुरक्षाकर्मी खटाइनेछन्।

उनीहरूले सीमामा आवतजावत गर्ने सर्वसाधारणका गुनासा सुन्ने, आवश्यक सहजीकरण गर्ने र सुरक्षा निकायसम्म सूचना पुर्‍याउने जिम्मेवारी निर्वाह गर्नेछन्।

डीएसपी थापाले कम्ब्याट पोशाक र हतियारधारी सुरक्षाकर्मीसमक्ष धेरै नागरिक खुलेर कुरा गर्न हिच्किचाउने अवस्था रहेको उल्लेख गर्दै सादा पोशाकमा परिचालन गरिने जनशक्तिमार्फत त्यस्ता सूचना सहज रूपमा प्राप्त हुने विश्वास व्यक्त गरे।

सीमावर्ती क्षेत्रमा हुने आयातित वस्तुको चोरी–तस्करी, भन्सार छली, लागुऔषध कारोबार तथा अन्य प्रतिबन्धित गतिविधि नियन्त्रणमा पनि यो व्यवस्था प्रभावकारी हुने सशस्त्र प्रहरीको अपेक्षा छ।

योजना अनुसार सादा पोशाकमा खटिने सुरक्षाकर्मीले सफारी पोशाक र नेपाली टोपी लगाउनेछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077