डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीचभागमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । शनिबार सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो ।
सोही ठाउँका स्थानीय सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका थिए । तर, तटबन्ध निर्माण गर्न बाँधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बीचभागमा फसेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण डोटीबाट खटिएको टोलीले रबर बोटको प्रयोग गरी उनीहरूको उद्धार गरेको हो ।
उद्धार गरिएकामा दिपायल सिलगढी–२ का ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेमबहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत छन् ।
यस्तै, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीया संजा श्रेष्ठ, ३८ वर्षीय दीपकराज पाठक, नौ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायतको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।