Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यूएईले २६७ नेपालीलाई दियो आममाफी

यूएईले २६७ नेपालीलाई दियो आममाफी

आइतवार , माघ १८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवस (इद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफीप्रति दिएको छ।

आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा २६७ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन्।

नेपाल सरकारले उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति यूएई सरकारप्रति कृतज्ञता व्यक्त समेत गरेको छ। 

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज विज्ञप्ति निकालेर सराहना गरेको छ।

आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र यूएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

 यूएईले अबुधाबीस्थित नेपाली दूतावासको आग्रहमा गत चैत्रमा पनि ईद पर्वको अवसरमा १६६ जना नेपालीलाई आममाफी दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077