Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सांसदलाई स्वकीय सचिव दिने निर्णय खारेजीको माग गर्दै काठमाडौंमा जेनजीको प्रदर्शन

सांसदलाई स्वकीय सचिव दिने निर्णय खारेजीको माग गर्दै काठमाडौंमा जेनजीको प्रदर्शन

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने सरकारी निर्णयको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी युवाहरूले सांसदका लागि थप सुविधा उपलब्ध गराउने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थप्ने र सुशासनको सिद्धान्तविपरीत जाने बताएका छन् ।

उनीहरूले उक्त निर्णय तत्काल खारेज गरी सो बजेट शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा लगानी गर्न सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय सांसदहरूले एकभन्दा बढी स्वकीय सचिव राख्न पाउनुपर्ने माग गरिरहेका तथा केहीले अनौपचारिक रूपमा कर्मचारी छनोट प्रक्रिया अघि बढाएको भन्दै अभियानले त्यसको विरोध जनाएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077