Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विदेश भ्रमणको नाममा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ

विदेश भ्रमणको नाममा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ

शनिवार , श्रावण ९, २०८३

पोखरा । विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा कास्कीको पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालक पक्राउ परेका छन्।

कास्की प्रहरीले पोखरा–५ पस्र्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारेर सञ्चालकद्वयलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य शान्तिनगरका मोहम्मद यासेर रहेका छन्।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले कम्पनीबाट प्रयोगमा रहेका कम्प्युटरलगायत अन्य महत्वपूर्ण सामग्रीसमेत बरामद गरेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कम्पनी नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ।

कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्यान्डलगायतका देशमा सस्तो प्याकेजमा भ्रमण गराउने भन्दै ग्राहक आकर्षित गर्ने गरेको प्रहरीको भनाइ छ। प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मको प्याकेज बनाएर सुरुमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भएपछि कम्पनी बन्द गरी सञ्चालकहरू फरार हुने योजनाका साथ ठगी गरिएको प्रहरीको दाबी छ।

डीएसपी भट्टराईका अनुसार कम्पनीले विभिन्न अफर देखाउँदै ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो।

प्रहरीले छापा मार्ने क्रममा कम्पनीमा कार्यरत १५ जना युवतीलाई समेत फेला पारेको थियो। उनीहरूलाई आवश्यक सोधपुछ तथा सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न थप दुई जना सञ्चालक भने फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077