Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

नागरिकले कर्मप्रति सम्मान महसुस गर्न पाउनु नै वास्तविक लोकतन्त्र: आईजीपी कार्की

नागरिकले कर्मप्रति सम्मान महसुस गर्न पाउनु नै वास्तविक लोकतन्त्र: आईजीपी कार्की

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन्।

शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले लोकतन्त्र व्यवहारमा अनुभूत हुने विषय भएको बताए।

उनले लोकतन्त्र केवल शब्दमा सीमित नभई नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा जोड दिए। लोकतन्त्रको अर्थ पटक–पटक उक्त शब्द दोहोर्‍याउनु मात्र नभई नागरिकले आफ्नो कर्म र पेसाप्रति सम्मान र गौरव महसुस गर्न पाउनु भएको उनको भनाइ थियो।

महानिरीक्षक कार्कीले पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर सबैले आफ्नो कामप्रति आत्मसम्मान पाउनुपर्ने बताए। पेसा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो नहुने उल्लेख गर्दै उनले समाजले सबै प्रकारका श्रम र योगदानको सम्मान गर्नुपर्ने बताए।

उनले समाजमा रहेको विभेदकारी सोचको आलोचना गर्दै मानिसको ओहदा वा हैसियतका आधारमा फरक–फरक व्यवहार गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताए। लोकतन्त्रमा हरेक नागरिकलाई समान सम्मान र अवसर प्राप्त हुनुपर्ने उनको भनाइ थियो।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने सबै नागरिकलाई समान व्यवहार गर्न निर्देशनसमेत दिए। कुनै पनि आधारमा सेवाग्राहीमाथि विभेद हुन नहुने उल्लेख गर्दै उनले नवनिर्मित भवनहरूले नागरिकलाई सहज सेवा प्रदान गर्न र प्रहरी कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077