Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

'घुमुवा प्रहरी हुँ' भन्दै रकम असुली

'घुमुवा प्रहरी हुँ' भन्दै रकम असुली

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । रुपन्देही प्रहरीले आफूलाई ‘घुमुवा प्रहरी’ भनेर चिनाउँदै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर एक सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

प्रहरीले राणालाई नियन्त्रणमा लिएर शरीर तथा डेरा कोठाको खानतलासी गर्दा एक थान नक्कली रिभल्भर, एक थान सवारी चालक अनुमतिपत्र, ५०० ग्राम गाँजा, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल तथा नेपाली नगद २ हजार ६ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामग्रीसहित राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077