Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन, सतर्क भएर यात्रा गर्न आग्रह

पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन, सतर्क भएर यात्रा गर्न आग्रह

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा गाइघाटन नजिक माथिबाट ढुंगा खस्दा केही समय अवरुद्ध भएको यातायात पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकमा खसेको ढुंगा तथा पहिरो हटाउने काम सम्पन्न भएपछि दुवैतर्फबाट सवारीसाधनको आवागमन सहज रूपमा सञ्चालन गरिएको हो ।

यद्यपि लगातारको वर्षाका कारण सडकखण्डका केही स्थानमा अझै पनि पहिरो खस्ने जोखिम कायम रहेकाले यात्रु र चालकलाई विशेष सतर्कता अपनाएर मात्र यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

वर्षायाममा यस सडकखण्डमा पटक–पटक पहिरो र ढुंगा खस्ने घटना दोहोरिने भएकाले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा प्रशासन र ट्राफिक प्रहरीले जारी गर्ने सूचनाको पालना गर्न समेत अनुरोध गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077