Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको अधिकार खोसियो, भट्टलाई तत्काल जिम्मेवारी सम्हाल्न निर्देशन

रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको अधिकार खोसियो, भट्टलाई तत्काल जिम्मेवारी सम्हाल्न निर्देशन

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।

मन्त्रालयले गरेको निर्णयबाट निमित्त प्रमुख जगतबहादुर रावललाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी खारेज गरिएको हो ।

शाखा अधिकृत तारादत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ। मन्त्रालयले गाउँपालिकालाई भट्टलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक तथा वित्तीय कामकाज सञ्चालनमा लगाउन पत्राचार गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077