Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सांसद गणेश पौडेलमाथि कालोमसी प्रहारको रास्वपाद्वारा भर्त्सना, अनुसन्धान र कारबाहीको माग

सांसद गणेश पौडेलमाथि कालोमसी प्रहारको रास्वपाद्वारा भर्त्सना, अनुसन्धान र कारबाहीको माग

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार गरी गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा सांसद पौडेलमाथि भएको घटनाको कडा शब्दमा निन्दा तथा भर्त्सना गरिएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सबैलाई सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ।

यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण राजनीतिक अभ्यासमाथि प्रत्यक्ष आघात पुर्‍याउने रास्वपाको धारणा छ।

रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077