Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पर्यटन मन्त्री पौडेलको कार्यकक्षमा मोबाइल फोन निषेध

पर्यटन मन्त्री पौडेलको कार्यकक्षमा मोबाइल फोन निषेध

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल फोन र अन्य विद्युतीय उपकरण लिएर जान निषेध गरिएको छ।

मन्त्रालय वा व्यक्तिगत भेटघाटका क्रममा खिचिएका तस्बिरहरूको आधारमा केही व्यक्तिले दुरुपयोगको प्रयास गरेपछि यस्तो निर्णय गरिएको हो।

मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने र सर्वसाधारण तथा सरकारी निकायबाट लाभ लिन खोजेको सूचना प्राप्त भएको उनको भनाइ छ।

यस विषयमा आफ्नो र सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्- 'मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आजको मितिदेखि कार्यकक्षभित्र मोबाइल र अन्य विद्युतीय उपकरण पूर्ण रूपमा निषेध गरिएको छ । केही व्यक्तिले मन्त्रीसँगको सम्बन्धलाई दाबी गर्दै अनधिकृत लाभ लिन खोजेको सूचनाले सचिवालय टोलीको ध्यानाकर्षण गराएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077