Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रौतहटका सांसदलाई कालोमसी, स्याङ्जाका सांसदलाई पुलमा हिंड्नबाट रोकियो

रौतहटका सांसदलाई कालोमसी, स्याङ्जाका सांसदलाई पुलमा हिंड्नबाट रोकियो

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले २७ जनाको जम्बो सचिवालय सदस्य बनाएर सुशासनको चर्को धज्जी उडाएका छन्।

नियुक्ति, सरुवा, बढुवादेखि सरकारका हरेक काम विवादमा परेका बेला जनताहरू समेत आक्रोश पोखिरहेका छन्।

बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा स्थानीय युवाले रौतहटका रास्वपाका सांसद गणेश पौडेललाई कालोमसी प्रहार गरे।

उनलाई रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले कालो मसी प्रहार गरेका थिए। केही दिन अघि मात्र स्याङ्जाकै रास्वपाका सांसद धनञ्जय रेग्मीलाई पुलमा हिँड्नबाट स्थानीयले रोकेका थिए।

पहिलाको सरकारले बनाएको पुल हेर्न रेग्मी आएको भन्दै अबबाट नयाँ काम गरेर मात्र जिल्ला प्रवेश गर्न रेग्मीलाई स्थानीयले सुझाव दिएका थिए। स्थानीयवासीले गुल्मीमा पनि त्यस्तै आक्रोश पोखेका छन् ।

इन्जिनियर टोलीको हातमा देशको बागडोर रहेको बेला जनतामा चरम निराशा फैलनु राम्रो संकेत नभएको भन्दै सामाजिक सञ्जालमार्फत आलोचना भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077