Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालन, ठोकिएका ३ सवारीसाधन हटाइयो

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालन, ठोकिएका ३ सवारीसाधन हटाइयो

आइतवार , श्रावण ३, २०८३

चितवन । चितवनको जलवीरे क्षेत्रमा आइतबार बिहान तीन सवारीसाधन एकआपसमा ठोक्किँदा केही समय अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनापछि सडकमा रोकिएका सवारीसाधन हटाएर बिहान ८:१५ बजेदेखि दुवैतर्फ सवारी आवागमन सुचारु गरिएको हो ।

दुर्घटनामा ३३ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको नयाँ मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सडक खुलेसँगै सडक डिभिजन कार्यालय भरतपुरले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

कार्यालयले जारी गरेको सूचनामा हतार नगरी सीमित गतिमा, लेन अनुशासन पालना गर्दै सवारीसाधन सञ्चालन गर्न अनुरोध गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077