Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

आज पनि भारी वर्षाको चेतावनी, सावधानी अपनाउन अनुरोध

आज पनि भारी वर्षाको चेतावनी, सावधानी अपनाउन अनुरोध

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो र भूक्षयको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।

यसअघि साउन २ र ३ गते धेरै भारी वर्षा हुने सम्भावनाबारे सूचना जारी गरेको विभागले आइतबार पुनः चेतावनी जारी गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।

विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा, साथै बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

वर्षाका कारण ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचनाबारे नियमित जानकारी लिन पनि विभागले अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077