Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज दिउँसोबाट यी जिल्लामा तीव्र हावाहुरी चल्ने, सर्तक रहन आग्रह

आज दिउँसोबाट यी जिल्लामा तीव्र हावाहुरी चल्ने, सर्तक रहन आग्रह

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेकोले सर्तक रहन सुझाव दिएको छ । 

मौसम विभागका अनुसार आज दिउँसोपछि पाँच प्रदेशका ११ जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ। 

मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । 

मधेस प्रदेशको बारासहित पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्लामा र बागमती प्रदेशको मकवानपुर र चितवन लगायतका जिल्लाहरुमा जिल्ला हुरी चल्ने सम्भावना छ। 

यसैगरी गण्डकी प्रदेशको नवलपुर र तनहुँसहित लुम्बिनी प्रदेशको रुपन्देहीसहित आसपासका जिल्लाहरुमा हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न,  घरबाहिर आगो नबाल्न र सतर्क रहन विभागले आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077