Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सरकारले अख्तियारलाई तर्साएर निष्क्रिय बनायो: गगन थापा

सरकारले अख्तियारलाई तर्साएर निष्क्रिय बनायो: गगन थापा

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट ठेक्का प्रकरणको सन्दर्भमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर निष्क्रिय बनाएको आरोप लगाएका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विगतका सरकारले आफ्ना मान्छे नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको आरोप लगाएका हुन् । 

अहिलेको सरकारले दबाबमार्फत पंगु बनाउने प्रयास गरिरहेको दाबी गर्दै उनले भने- दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार प्रभावकारी हुन सक्दैन। विगतका सरकारले आफ्ना मान्छे बनाएर अख्तियारलाई पंगु बनायो, अहिलेको सरकारले तर्साएर पंगु बनाउने काम गरिरहेको छ,' उनले भने।

थापाले भ्रष्टाचारका फाइल खोल्नेभन्दा पनि कुनै पनि सरकारले फाइल बन्द गर्न नसक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए। अख्तियारलाई स्वतन्त्र र प्रभावकारी संवैधानिक निकाय बनाउन नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको उनको भनाइ थियो।

उनले संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष र विश्वासयोग्य बनाउन संविधान संशोधनबारे गम्भीर छलफल गर्नुपर्ने बताए। विगतमा संवैधानिक निकायमा भागबन्डाको अभ्यास भएको र अहिले पनि कार्यपालिकाको प्रभाव बढ्ने जोखिम रहेको भन्दै सुशासनका लागि आवश्यक संवैधानिक सुधार गर्नुपर्ने उनले उल्लेख गरे।

थापाले लोकतन्त्र, समावेशिता र नागरिकका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नसकिने पनि बताए। 

साथै, आवासको हक तथा भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077