Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

पहिले विदेश गएकामा खपिनसक्नु थियो, अहिले संख्या बढ्दा पनि सब चुपचाप: ओली

पहिले विदेश गएकामा खपिनसक्नु थियो, अहिले संख्या बढ्दा पनि सब चुपचाप: ओली

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको भए पनि त्यसबारे कसैले नबोलेको टिप्पणी गरेका छन्।

आइतबार पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।

उनले अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको विषयलाई लिएर व्यापक आलोचना भएको स्मरण गरे।

'पोहोर यतिबेला विदेश जानेको विषयमा निकै हल्ला भयो। अहिले पोहोरभन्दा धेरै मानिस बाहिर गएका छन्, तर सबै चुपचाप छन्,' उनले भने।

ओलीले अहिले विदेश जानुलाई युवाको अधिकारका रूपमा व्याख्या गर्न थालिएको भन्दै राजनीतिक स्वार्थअनुसार एउटै विषयलाई फरक–फरक ढंगले प्रस्तुत गरिएको आरोप लगाए। संसद् सही तथ्य जनतासम्म पुर्‍याउने प्रभावकारी माध्यम भएको उनको भनाइ थियो।

यसैबीच, ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड र आगजनीको पृष्ठभूमिबाट बनेको आरोप लगाउँदै अहिलेको राजनीति दिशाविहीन र थितिविहीन बनेको टिप्पणी गरे। लोकतन्त्रमा सरकार परिवर्तन संवैधानिक र कानुनी प्रक्रियाबाट हुनुपर्ने उनले बताए।

ओलीले थप भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्,तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीको आधारबाट बनेको हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077